२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


हेमन्त शर्माको बिहेबारी सम्बन्धी गीतमा प्रिंयका र दुर्गेशको दमदार डान्स(भिडियो)


0
Shares

बिहेबारी सम्बन्धी विषयमा विषयमा नेपाली गीतको संख्या कम रहेको अवस्थामा शर्माले यही विषयमा आधारित गीत ‘डम डम डम बज्यो…’ तयार पारेका हुन् ।

गीतमा गायक शर्माकै शब्द तथा संगीत सुन्न सकिन्छ । श्यामश्वेत रसाइलीले यो गीतमा संगीत संयोजन गरेका छन् ।

बिहे गरौं कि नगरौं भन्ने युवाको कथा बोकेको यो गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । गायक शर्माले आफ्नै निर्देशनमा म्युजिक भिडियो तयार पारेका हुन् ।

गायक शर्माका अनुसार म्युजिक भिडियोमा झन्डै ६५ जना भन्दा बढिको सहभागिता छ । भिडियोमा अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा तथा केशव ज्ञवालीले अभिनय गरेका छन् ।

ज्ञवाली बुटवलतिरका अधिकांश मेला–महोत्सवमा नृत्य गरिरहने कलाकार हुन् । म्युजिक भिडियोको एक जोडी जर्मन नागरिकले पनि अभिनय गरेका छन् ।

भिडियोमा शिव बिकको कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।

यो भिडियोलाई गायक शर्माले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

(भिडियो)