२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सेयर दलाल र लगानीकर्ताहरुद्वारा मूल्य अभिवृद्धि करको विरोध


0
Shares

करदाता सेवा कार्यालयले धितोपत्र दलाल व्यवसायीहरुलाई मूल्य अभिवृद्धि कर निर्धारण गरी यही मंसिरसम्मको जरिवाना, ब्याज तथा थप दस्तुर गणना गरी अन्तिम कर निर्धारण आदेश जारी गरेको र मूल्य अभिवृद्धि कर प्रयोजनका लागि दर्ता भइ कारोबार गर्नू भन्ने निर्देशन जारी गरेको सम्बन्धमा उनीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल, नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिन माग गरेका हुन् ।

मूल्य अभिवृद्धि कर ऐनमा यस्तो वित्तीय सेवामा करछुट हुने व्यवस्था रहेको उनीहरुको भनाइ छ ।

१५ लाखभन्दा बढी लगानीकर्ताहरू संलग्न रहेको संवेदनशील पुँजीबजारलाई प्रत्यक्षरुपमा नकारात्मक प्रभाव पार्ने मूल्य अभिवृद्धि कर लगाउनेसम्बन्धी निर्णय सात दिनभित्र फिर्ता लिइ ‘भ्याटमुक्त पुँजीबजार, भयरहीत सेयर कारोबार’ गर्ने वातावरण बनाउन उनीहरुको माग छ ।

अन्यथा अन्य संघर्षका कडा कार्यक्रम गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।