Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


‘पञ्चेश्वर बहुउद्देशीय आयोजनाको निर्माणपछि सिँचाइ र बाढी नियन्त्रणमा सहयोग’


0
Shares

बुधबार राजधानीमा विद्युत् विकास विभागले पञ्चेश्वर आयोजनाको वातावरणीय व्यवस्थापन योजना प्रतिवेदनबारे सरोकारवालाहरुसँग गरेको गोष्ठीका अवसरमा यससम्बन्धी छलफल भएको हो ।

पञ्चेश्वर बहुउद्देश्य आयोजना नेपाल–भारतको सीमामा बग्ने महाकाली नदीको प्रस्तावित द्धिराष्ट्रिय परियोजना हो ।

६ हजार ४८० मेगावाट जडित क्षमता रहेको आयोजनाबाट वार्षिक १० हजार ६७१ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ ।

पञ्चेश्वर उच्च बाँधको निर्माणपछि मत्स्य उत्पादनमा वृद्धि, पर्यटन विकासमा मद्दत, पिँजडामा माछापालन र प्राकृतिक जलाशयमा माछापालनको सम्भावनासमेत उच्च हुने विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले बताए ।

निर्माणपछि पञ्चेश्वर बाँध विश्वकै अग्लो बाँधहरुमा सूचीकृत हुने विभागले जनाएको छ ।