१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


एकैदिन उपत्यकामा १ हजार ७ सय ९० चालक कारवाहीमा


0
Shares

कारवाहीमा पर्नेमा लेन अनुशासन उल्लंघन गर्ने ४ सय ७३, जथाभागी यात्रु चढाउने र ओराल्ने ३२१ जना चालक छन् । त्यस्तै फुटपाथमा सवारी पार्किङ गर्ने १ सय ४०, मादक पदार्थ सेवन गरी सवारी चलाउने ७७ जना तथा जथाभावी हर्न बजाउने २१ जनालाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।

कालो धुँवा फाल्ने १६ वटा र प्रदुषण स्टिकर फेल भएका ३५ सवारी साधन नियन्त्रणमा लिइ यातायात व्यवस्था कार्यालय पठाइएको महाशाखाले जानकारी दिएको छ ।