४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024


दाइजो प्रथाविरुद्ध मुस्लिम समुदाय उत्रिए विरोधमा


0
Shares

काठमाडौं, पुस ६ । दाइजो प्रथा सामाजिक विकृति भएको भन्दै मुस्लिम समुदाय विरोधमा उत्रिएका छन् ।

यही पुस १ गतेदेखि सुरु भएको देशव्यापी दाइजोविरुद्धको अभियानअन्र्तगत् शुक्रबार काठमाडौंमा इस्लामी संघ नेपालले र्‍यालीको आयोजना गर्‍यो ।

‘छोरीलाई दाइजो होइन, पैतृक सम्पत्तिमा अंश दिऔं’ भन्ने नारासहित अभियानको थालनी गरिएको हो ।

यो अभियान पुस १० गतेसम्म जारी रहने जनाइएको छ ।