निर्वाचनका कारण मनाउन नपाइएको अपाङ्ग दिवस आज मनाईंदै • Image Khabar Image Khabar


निर्वाचनका कारण मनाउन नपाइएको अपाङ्ग दिवस आज मनाईंदै


Imagekhabar
२८ मंसिर २०७४, बिहीबार ११:४८

निर्वाचनका कारण मनाउन नपाइएको अपाङ्ग दिवस आज मनाईंदै

‘कोही पनि नछुटुन् दिगो विकासको नारा, अपांगतामैत्री योजना कार्यान्वयनमा जुटौं हामी सारा’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

गत मंसिर १७ गते विश्वव्यापी रुपमा यो दिवस मनाइए पनि नेपालमा भने आज मात्रै मनाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका कारण १७ गते नमनाइएको यो दिवस आज मनाइएको हो ।

दिवसका अवसरमा आज समाज कल्याण मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले सरकारले अपांगता भएकाहरुका अधिकार कागजी रुपमा कार्यक्रम ल्याए पनि कार्यान्वयन नभएको गुनासो गरेका थिए ।

उनीहरुले अपांगता भएका व्यक्तिका माग प्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । यसअघि मन्त्रालयले प्रभातफेरि निकालेको थियो ।

कमलादीबाट सुरु भएको ¥याली नगरका विभिन्न ठाउँ परिक्रमापछि समाज कल्याण मन्त्रालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्