Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि १५ वर्षीय किशोरद्वारा आत्महत्या


0
Shares

भारतीय संचारमाध्यमका अनुसार विनोवा गाउँका महादेव दास स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । परिवारका सदस्यले उनको बिहे २५ वर्षीय भाउजुसँग गराइदिएपछि बिहेकै रात उनले आत्महत्या गरेका हुन् ।

मृतकका पिता चन्द्रेश्वर दासका अनुसार जेठो छोरा सन्तोषको मृत्युपछि विधवा बुहारी रुवीदेवीको विवाह महादेवसँग गराइएको हो । सन्तोषको मृत्युपछि राहतस्वरुप पाएको ८० हजार रुपैयाँ बुहारी रुवीको माइतीपक्षले माग्दै आएका थिए । माइती पक्षले या त राहत रकम दिनुपर्ने या अर्को छोरासँग रुवीको बिहे गराइदिनुपर्ने भन्दै लगातार दबाब दिएपछि देवर–भाउजुको बिहे गराइदिने निधो गरिएको चन्द्रेश्वरले बताए ।

‘छोरा महादेवले भाउजुसँग बिहे गर्न मानेको थिएन,’ पिता चन्द्रेश्वरले भने, ‘तर परिवारले दबाब दिएपछि उसले बिहे गरेको थियो, बिहेकै रात आत्महत्या गरेछ ।’

प्रहरीले कानुनतः उमेर नपुगि विवाह गराइएको सम्बन्धमा कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको बताइएको छ । (एजेन्सी)