१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


परीक्षा रद्द गर्न माग गर्दै विश्वविद्यालयमा तोडफोड, क्याम्पस प्रमुखको कुर्सी जलाइयो


0
Shares

विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् ।

आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाएका छन् ।

विश्वविद्यालयले लिएको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र आउट गरिएको भन्दै पुनः परीक्षाको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा उनीहरु अध्ययनरत् थिए । यस विषयमा ४७ विद्यार्थी अध्यायनरत् छन् ।

क्याम्पस प्रमुख अजयकुमार शाहले विद्यार्थीको आन्दोलनकाबारेमा आफूले बुधबार नै उपकुलपति र डीनलाई जानकारी गराइसकेको जानकारी दिए ।