लहानमा प्रेसरकुकर बम विस्फोट, एकजना घाइते • Image Khabar Image Khabar


लहानमा प्रेसरकुकर बम विस्फोट, एकजना घाइते


Imagekhabar
२८ मंसिर २०७४, बिहीबार १६:१३

लहानमा प्रेसरकुकर बम विस्फोट, एकजना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् लहानको सहिद रमेश चोकनजिक साइकलमा राखिएको प्रेसरकुकर बम दिउँसो २ बजेतिर विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए ।

हात र पिठ्यूँमा गम्भीर चोट लागेका चौधरीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

घटनास्थलबाट जनतान्त्रिक तराईमुक्ति मोर्चा क्रान्तिकारीको पम्प्लेट फेलापरेको प्रहरी निरीक्षक राउतले बताए ।

बम विस्फोटका सम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्