३० असार २०८२, सोमबार | Tue Jul 15 2025


दुर्घटना बढेपछि सडकमै स्वस्ति शान्तिसहित होम !


0
Shares

सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले बिहीबार वडा नम्बर–१ र ४ को बीच सडकखन्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका हुन्् ।

स्वस्ति शान्तिसहितको होमले सवारी दुर्घटनामा कमी आउने स्थानीयवासीको विश्वास छ ।

सडक दुर्घटना नहोस् भन्ने कामनासहित सडकमै होम लगाइएको नवजागृति टोल विकास संस्थाका पदाधिकारीले बताएका छन् । अहिले कोशी राजमार्गअन्तर्गतको इटहरी सडकखन्डमा रहेका प्रायः सबै सडकमा खाल्टाखुल्टी मिलाउने कार्य भइरहेको छ । रासस