नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ललितपुरको दरबार क्षेत्रस्थित भन्डारखाल बगैंचामा आगामी पुस २२ गतेदेखि ‘मिडिया फेस्टिभल’को आयोजना गर्न लागेको जानकारी दिएको हो ।
प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य र पत्रकारको संस्थागत विकासका अग्रणी सत्यनारायण बहादुृर श्रेष्ठको योगदानको स्मरण गराउन मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलामा नेपालभाषालगायत विभिन्न मातृभाषाको ऐतिहासिक पत्रपत्रिका प्रदर्शन गरिनेछ । मेलामा मातृभाषाको विकासमा योगदान पुर्याइरहेका विभिन्न सन्चारमाध्यमको स्टलहरु रहने छ ।
त्यस्तै, मेलामा संघीय शासन व्यबस्थामा समावेशी सन्चारमाध्यम विषयक अर्न्तक्रिया र पत्रकार कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्