२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


म्यादी प्रहरीले गरे चक्काजाम


0
Shares

निर्वाचनका बेला सुरक्षा प्रदान गर्ने अभिभारा पूरा गरी घर फर्कने तयारीमा रहेका म्यादी प्रहरीलाई तोकिएको तलबभत्ता नदिइएको भन्दै उनीहरुले करिब एक घन्टा चक्काजाम गरेका हुन् ।

सरकारले तोकेबमोजिम तलबमध्ये आफूहरूलाई कटौती गरेर तलब दिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाइ छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरू दिनरात खटेको भएपनि अहिले आएर आफूहरुमाथि अन्याय भएको दाबी गर्दै बाध्य भएर चक्काजाम गर्नुपरेको म्यादी प्रहरीको तर्क छ ।

बिहीबार दिउँसो २ देखि ३ बजेसम्म गरिएको चक्काजामका कारण वीरगन्जबजारको यातायात व्यवस्था अस्तव्यस्त बनेको थियो ।