
मन्त्री मेनका गान्धीले हिन्दी फिल्म क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौन दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भएपछि यस्तो चेतावनी दिएकी हुन् ।
उनले प्रमुख फिल्म उत्पादक कम्पनीहरूलाई पत्राचार नै गरेर आचरण र नियम कानुनलाई ध्यान दिन आग्रह गरेकी छन् । उनले सन् २०१३ को यौनिक हिंसासम्वन्धी ऐन अनुसार काम र व्यवहार गर्न फिल्म उत्पादन गर्ने २४ ओटा कम्पनीलाई पत्रचार गरिएको जानकारी दिइन् ।
मन्त्री गान्धीले सबै कर्मचारीहरूलाई भारतीय कानुनअनुसार सुरक्षित र समावेशी तरिकाले काम गर्ने वातावरण उपलब्ध गराउन र जिम्मेवार हुन पनि ध्यानाकर्षण र्गकी छन् ।
गत महिना एकजना भारतीय अभिनेत्रीले फिल्म क्षेत्रमा आफुले प्रवेश गर्ने बेलामा एकजना पुरुष निर्देशकले हिंसा गरेको बताएकी थिइन् । उनले ती निर्देशकको नाम भने गोप्य राखेकी छन् ।
भारतको महिला तथा बालबालिका विकासमन्त्री गान्धीले हिंसा नियन्त्रणका लागि लगातार ट्वीट गरेकी थिइन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘यौनिक हिंसासम्वन्धी ऐनमा कुनै यौनिक हिंसाबिना हरेक महिला कामदारलाई काम गर्ने वातावरण कार्यक्षेत्रमा रहेको सुनिश्चित गर्नु पर्ने उद्धेश्य राखिएको छ ।’
मन्त्री गान्धीले पठाएको पत्रमा ऐनको भावना व्यवहारमा कार्यान्वयन हुने विश्वास लिदै सबै संस्थामा गम्भीरतापुर्वक यसलाई लिन र प्रतिबद्ध हुन आग्रह पनि गरिएको छ । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्