
गत साउनको बाढीले घरवारविहीन सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर–२ स्थित मयनाकडेरीका बाढीपीडितका लागि सर्वोदय संस्थाको समन्वयमा घर निर्माण गरिने भएको हो ।
बिहीबार एक कार्यक्रमकाबीच रिलिजन फर पिस नेपालकी अध्यक्ष इन्दिरा मानन्धरले घरको शिलान्यास गरिन् ।
मानवीय पीडालाई मध्यनजर गरेर यस्तो कार्यमा सहयोग पुर्याउन पाएको भन्दै उनले खुसी व्यक्त गरिन् ।
प्रतिघर १ लाख ९४ हजार रुपैयाँको लागतमा निर्माण हुने र एक महिनाभित्र निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको सहयोगी संस्थाका केन्द्रीय सदस्य नरेन्द्र पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्