प्रभु लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो • Image Khabar Image Khabar


प्रभु लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो


Imagekhabar
२८ मंसिर २०७४, बिहीबार २०:०२

प्रभु लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो

बिमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाइँले बिहीबार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन् ।

प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र अन्य व्यावसायिक समूहको लगानी रहेको प्रभु लाइफले बिमा बजारलाई ग्रामीण तहसम्म पुर्‍याउने लक्ष्य लिएको छ ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संक्रमण सकिएको बताउँदै अर्थतन्त्रलेसमेत नयाँ उचाई लिने र बिमा बजार पनि गतिशील हुने विश्वास व्यक्त गरे ।

भट्टचनले आफूहरु जीवन बिमा बजारमा केही नयाँ गर्न आएको भन्दै यस क्षेत्रमा छुट्टै स्थान बनाउने दाबी गरे ।

दुई अर्ब रुपैयाँ चुक्तापुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् ।

कम्पनीले केही समयभित्रै ४० करोड रुपैयाँ बराबरको साधरण सेयर जारी गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्