
एटीएम कार्ड प्रदायक ‘भिजा’ले दिएको समयभित्र एटीएम मेसिन स्तरोन्नति नगर्दा धेरै बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो ।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले ‘चिप’ (ग्राहकको महत्वपूर्ण विवरण रहेको विद्युतीय औजार)मा आधारित कार्ड बनाइसकेका छन् । तर, कार्डमा प्रयोग गरिएका ‘चिप’ पढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति गरेका छैनन् । यसकारण एटीएम मेसिनहरु स्तरोन्नति नगर्ने बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो ।
चिपमा भएको ग्राहकको विवरण नक्कल (कपी) गर्न सकिदैंन । चिप नभएको (म्याग्नेटिक कार्ड) मा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ । यसकारण चिप नभएको भन्दा भएको एटीएम कार्ड बढी सुरक्षित हुन्छ ।
बैंकहरुले चिप पढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति नगर्दा कार्डमा रहेको ग्राहकको विवरण चोरीको सम्भावना बढी हुन्छ । यही कमजोरीको फाइदा उठाउँदै अपराधीले एटीएमबाट पैसा चोरिरहेका छन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्