बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाईते • Image Khabar Image Khabar


बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाईते


Imagekhabar
२९ मंसिर २०७४, शुक्रबार ०७:४७

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाईते

पूर्व–पश्चिम राजमार्गमा इलामबाट बिरामी बोकेर धरान आउँदै गरे मे१च १२९५ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

गएराति सवा १ बजे भएको दुर्घटनामा एम्बुलेन्सका चालक इलाम नगरपालिका–६ बस्ने ३० बर्षीय सुनिल राई गम्भीर घाइते भएका छन् । सोही ठाउँका २१ बर्षीय शिशिर शेर्मा लिम्बु, ३४ बर्षीया प्रमिला कार्की, ३० बर्षीया रमिला लिम्बु र ३६ बर्षीय नेपाल खड्का सामान्य घाईते भएका छन् ।

घाईते उनीहरुलाई उपचारकालागि धरानस्थित घोपा क्याम्पमा पठाईएको प्रहरी चौकी गछियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्