३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


चिसो बढ्यो, राजधानीमा बिहानको तापक्रम ३.२ डिग्री सेल्सियस


0
Shares

शुक्रबार बिहान राजधानीको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विभागले जनाएको छ ।

विभागका अनुसार पश्चिम, मध्य र पूर्वी तराईका केही स्थानमा कुहिरो लागेको छ । केही स्थानमा बेलुकीसम्म नै कुहिरो लाग्ने पनि विभागले जनाएको छ ।

शुक्रबार पनि पश्चिम नेपालका केही हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।