
दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१०च ९७१८ नम्बरको मारुती भ्यानमा विपरित दिशाबाट आउँदै गरेको मे६प २३३३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कन्दङ्वाको मृत्यु भएको हो ।
भ्यानमा सवार बिर्तामोड–५ का ३१ वर्षीय राजु दाहाल, उनकी श्रीमती २८ वर्षीया अञ्जना दाहाल र सोही ठाउँका ३६ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्