
इलामको ओपिधारा हुँदै चियाबारी भालुढुंगासम्मको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न युवाहरु क्रियाशील भएका हुन् । सदरमुकामबाट नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा हालसम्म यो क्षेत्र ओझेलमा पर्दै आएको छ । अहिले स्थानीय युवाको सक्रियतामा यस क्षेत्रको भौतिक संरचना पुनर्निर्माणदेखि भएका पुनर्संरचनाको स्तरोन्नतिको काम शुरु भएको छ ।
केही संरचनाहरुको पुनर्निर्माणसमेत भइसकेको छ । मुख्य चाडपर्व सकिएसँगै यहाँ पुग्ने आन्तरिक तथा वाह्य पर्यटकमा समेत वृद्धि भएको छ । यहाँबाट इलामको प्रसिद्ध माईपोखरी, जसबिरे, पुवाँखोलालगायतको दृश्यावलोकन गर्न सकिन्छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्