प्रकाश मैनाली
सर्लाही, पुस ६ । आधुनिक उपकरणको प्रयोग र व्यावसायिक रुपमा खेती गर्न थालिएपछि सर्लाही जिल्ला खाद्यान्नमा आत्मनिर्भर बन्न थालेको छ । मौसमको असन्तुलन तथा समय–समयमा मलको अभाव हुने गरेको देखिए पनि किसानको मेहनतले सर्लाही खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन थालेको हो ।
सुरुमा रासायनिक मलको अभाव र समयमा पानी नपर्दा यो वर्ष कृषि उत्पादन घट्ने अनुमान गरेका सर्लाहीका किसानहरु यतिबेला भने उत्साहित देखिन्छन् । उत्पादन वृद्धि हुनुमा किसानको मेहनेत, आधुनिक कृषि उपकरणको प्रयोग तथा मौसमको अनुकुलता नै मुख्य कारण रहेका छन् । धान उत्पादन भने यस वर्ष नगन्य रुपमा वृद्धि भएको देखिन्छ ।
धानको उत्पादन गत वर्ष ३ दशमलव ३ मेट्रिक टन रहेकोमा यस वर्ष ३ दशमलव ४ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको तथ्यांक छ ।
सर्लाहीमा करिब ८५ हजार हेक्टर जमिनमा धान, गहँु र मकै खेती हुने गरेको छ भने २५ हजार हेक्टरमा उखु खेती हुने गरेको छ । जहाँ वार्षिक रुपमा १.५ लाख मेट्रिक टन खाद्यान्न आवश्यक रहेकोमा हाल १.७५ मेट्रिक टन खाद्यान्न उत्पादन भइरहेको छ । यस तथ्यांकले नै सर्लाहीबासी खाद्यान्नमा आत्मनिर्भर रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धान जोन सर्लाहीका प्रमुख रामबलम प्रसाद साह बताउँछन् ।
खाद्यान्नको भण्डारका रुपमा चिनिने तराइ क्षेत्रमा खाद्यान्नमा निर्भर बन्नेमात्र नभई खाद्यन्न निर्यात् गर्ने उद्देश्यका साथ किसानहरु लाग्नुपर्छ । सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउन आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्