२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भक्तपुरमा बस दुर्घटना, नौ जना घाइते


0
Shares

भक्तपुर, पुस ६ । भक्तपुरको जगातीमा आज बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

काभ्रेको बनेपाबाट काठमाडौं आउँदै गरेको बा२ख ७२७३ नम्बरको बस नियन्त्रण गुमाएर सडकमै पल्टिएको थियो । बसमा सवार ९ जना घाइते भएका हुन् ।

८ जनाको उपचार सल्लाघारीस्थित इवामुरा अस्पतालमा र एक जनाको भक्तपुर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत जगातीले जनाएको छ ।