Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


माइक्रोबस र बस ठोक्किँदा १५ यात्री घाइते घाइते


0
Shares

पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ६०६२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८७५९ नम्बरको बस एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् ।

घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

माइक्रोबसले उछिन्नेक्रममा अगाडिबाट आएको बससँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुवै बसका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस