२३ मंसिर २०८१, आइतबार | Sun Dec 8 2024


जापानद्वारा उत्तर कोरियाका १९ संस्था र प्रतिष्ठित व्यक्तिहरुको सम्पति ‘फ्रिज’


0
Shares

जापानको मन्त्री परिषदको शुक्रबार बसेको बैठकले उत्तर कोरियाका १९ ओटा संस्था र केही प्रतिष्ठित व्यक्तिहरुको सम्पति ‘फ्रीज’ गर्ने निर्णय गरेको हो ।

उत्तर कोरियाको ब्यालेष्टिक मिसाइल परीक्षणका कारण जापान अभूतपूर्व खतराको सामना गर्न बाध्य भएको भन्दै जापानले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको हो ।

उत्तर कोरियाले हालै परीक्षण गरेको मिसाइल व्यापारिक क्षेत्रमा खसेपछि जापानले ठूलो नोक्सानी व्यहोर्नु परेको जनाइएको छ । यसअघि नै जापानले उत्तर कोरियामाथि व्यापारिक कारोबारमा प्रतिबन्ध लगाइसकेको छ भने संयुक्त राष्ट्रसंघ, दक्षिण कोरिया र अमेरिकाले पनि उत्तर कोरियामाथि एकतर्फी प्रतिबन्ध लगाइसकेका छन् ।

जापानको पछिल्लो कदमबारे राष्ट्रसंघीय सुरक्षा परिषद्को शनिबारको बैठकमा छलफल हुने छ । उत्तर कोरियाले भने जापानको कदमप्रति कुनै प्रतिक्रिया दिएको छैन । एजेन्सी