८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


सुनको मूल्य पुनः ओरालो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्ला दिन ओरालो लाग्दै आएको सुनको भाउमा विहीबार तोलामा ४०० रुपैयाँले वृद्धि भएर तोलाको ५४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुनप्रति औंस १२ सय ६० डलर हाराहारीमा कारोबार भएको थियो ।