बस र ट्रक ठोक्किँदा ४१ यात्री घाइते, ६ को अवस्था गम्भीर • Image Khabar Image Khabar


बस र ट्रक ठोक्किँदा ४१ यात्री घाइते, ६ को अवस्था गम्भीर


Imagekhabar
१ पुष २०७४, शनिबार १४:२३

बस र ट्रक ठोक्किँदा ४१ यात्री घाइते, ६ को अवस्था गम्भीर

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाकाअनुसार टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना४ख ४४२० नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना४ख १६७४ नम्बरको ट्रक एकापसमा सडकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ । बाँकी घाइतेको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

दुर्घटनापछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्