१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, चार घाइते


0
Shares

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरे रहेका छन् ।

तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परी अन्य चारजना घाइते भएका छन् ।

घाइतेको अहिले तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको पूर्वखोला गाउँपालिका–२ का वडाध्यक्ष नीरबहादुर सारुले बताए ।

दुर्घटनापछि ट्र्याक्टर ५० मिटर तल अम्रिसाको झाडीमा खस्न पुगेको हो ।

घाइतेहरुमा जल्पा मैदानका ट्र्याक्टर मालिक कर्णबहादुर कुँवर, रेवन्त हिस्की, तिलबहादुर गाहा र सुशान्त सारु रहेको वडाध्यक्ष सारुले जानकारी दिए । रासस