प्रदीप पौडेल (इमेज)
पोखरा, पुस ५ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा देखिएको समस्या अल्पकालीन भएको र छिट्टै समाधान हुने बताएका छन् ।
कास्कीको लेखनाथमा बिहीबारदेखि आयोजना गरिएको १५औं लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले बैंकले बढाएका ब्याजदर पनि छिट्टै नियन्त्रणमा आउने बताए ।
राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाएर गरिने विकास निर्माणका काम फलदायी र प्रभावकारी हुने भएकाले सरकार विकास निर्माणसँग आर्थिक रुपान्तरणका लागि अगाडि बढिरहेको उनको भनाइ छ ।
यही पुस १६ गतेसम्म सन्चालन हुने महोत्सव करिब तीन लाख दर्शकले अवलोकन गर्ने र करिब २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।









प्रतिक्रिया दिनुहोस्