पूर्व–पश्चिम राजमार्गमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको राजमार्ग सुरक्षापोस्टमा सुरक्षाकर्मी बस्न छाडेपछि सुरक्षापोस्ट नै प्रयोगविहीन बनेको छ ।
स्थानीय प्रशासनले पछिल्लो समय सुरक्षा चुनौती नरहेको भन्दै जंगल क्षेत्रमा पर्ने राजमार्गमा रहेका सुरक्षापोस्ट प्रयोग नगरेपछि रातमा यात्रा गर्नुपर्दा असुरक्षित महसुस भएको गुनासो यात्रीहरु गर्छन् ।
‘टेलिफोन नलाग्ने जंगलमा सुरक्षाकर्मी नहुँदा कुनै बेला दुर्घटना भइहाले समस्या पर्ने’ लामो समयदेखि बाँकेचोकमा होटल सन्चालन गर्दैआएका टलकबहादुर पुलामीमगरले बताए ।
जंगल क्षेत्रमा प्रहरीको उपस्थिति पातलो हुँदा यात्रीले ढुक्कसँग यात्रा गर्न पाएका छैनन् ।
तर, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले केही वर्षअघिसम्म जंगल क्षेत्रमा लुटपाटका घटना धेरै भएकाले सुरक्षापोस्ट स्थापना गरिएपनि अहिले त्यस्ता घटना हुन छाडेको बताए ।
उनले बाँकेचोकको सुरक्षापोस्ट र प्रहरीचौकी फूलजोरमा २४सैं घन्टा सुरक्षाकर्मी बसिरहने जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्