२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपालको जलविद्युत्मा लगानी गर्न ‘भियतनामका लगानीकर्ताको चासो’


0
Shares

काठमाडौं, पुस ५ । नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न भियतनामका लगानीकर्ताले चासो देखाएको नेपाल चेम्बर अफ कमर्स जनाएको छ ।

भियतनाम भ्रमणमा रहेको चेम्बर प्रतिनिधिमन्डलले होचिमिंह सहरका निर्देशक तथा परराष्ट्र मामलासम्बन्धी प्रमुख माइ अन्ह थाइसँग गरेको भेटका अवसरमा उनीहरुले जलविद्युत्मा लगानीका लागि चासो देखाएको जनाइएको हो ।

भेटमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीका लागि भियतनामी लगानीकर्तालाई आग्रह गरेको जनाइएको छ ।