Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


नेप्से सकारात्मक, लगानीकर्ताले आमरण अनशन तोडे


0
Shares

काठमाडौं, पुस ५ । साताको अन्तिम दिन बिहीबार पुँजीबजार सामान्य अंकले सुधारियो ।

यसदिन सेयरबजार परिसूचक नेप्से ३ अंकले बढेर ११ सय ६५ अंकमा पुग्यो ।

यसदिन वाणिज्य बैंक, विकास बैंक, जलविद्युत्, निर्जीवन र जीवनबिमा एवं लघुवित्त समूह सामान्य अंकले उक्लिए भने व्यापार, होटल, बित्त र अन्य समूहमा सामान्य गिरावट आयो ।

यसदिन १६३ कम्पनीका १२ लाख ५ हजार कित्ता सेयर ४० करोड ११ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसैबीच, पुँजी बजारको सुधार तथा विस्तारका लागि भन्दै अनशनमा बसेका दुई लगानीकर्ताले बिहीबारबाट आमरण अनशन तोडेका छन् ।