
साताको बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा १० अंकले ओरालो लागेर अन्तिम दिन १५ सय २० विन्दुमा आएर थामियो ।
यो साता १७९ कम्पनीका ५७ लाख ९५ हजार कित्ता सेयर २ अर्ब ९२ करोड ८३ लाख रुपैयाँ बराबरमा कारोबार भयो ।
गत साता १७३ कम्पनीका ३३ लाख ७० हजार कित्ता सेयर १ अर्ब ८१ करोड २७ लाख रुपैयाँमा कारोबार भएको थियो । कारोबार रकम भने गत साताकोभन्दा ६१ प्रतिशतले बढी हो ।
यो साता बिमा समूह सबैभन्दा उच्च १६० अंकले ओरालो लाग्यो भने उत्पादनमूलक सबैभन्दा उच्च ४३ अंकले बढ्यो ।
यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा स्ट्यान्डर्ड चार्टड बैंक एवं कारोबार भएको सेयर संख्याको आधारमा ग्लोबल आइएई बैंक अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्