२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


दमकमा विश्वकै अग्लो मुर्ति निर्माण अघि बढ्यो, विदेशीले देखाए चासो


0
Shares

दमक–३ मा पाँच सय ४२ फिट अग्लो मुर्ति राख्नका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको नगरपालिकाले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद बैठकले दमकमा औद्योगिक पार्क र बुद्धको मुर्ति राख्ने निर्णय गरेको थियो ।

कार्यकारी अधिकृत युवराज दाहालले मुर्ति बनाउनका लागि अहिले जग्गा अधिग्रहणमा केही समस्या देखिएको बताए ।

उनले प्रदेश र संघीय संसद बनेपछि बन मन्त्रालयको जग्गा अधिग्रह्ण गरेर निर्माणको काम अघि बढाइने बताए ।

१५ अर्ब ७५ करोडको लागतमा दुई सय ५६ विगाहमा बन्ने भनिएको बुद्धको पूर्ण कदको मुर्तिका लागि २५ विगाहबाहेक अन्य जग्गा अधिग्रहण गर्न बाँकी छ ।

मुर्ति स्थापनाका लागि चीन, ताइवान र कोरियाले चासो देखाएको उनको भनाइ छ । –अन्नपूर्णपोष्ट दैनिकबाट