
पौष १ गतेदेखि माघ ८ गतेसम्म गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको ‘बूदिंया भिंंतुना’ गीत युट्युवमा उपलब्ध ट्रयाक वा संगीतको साजसँग गाएर मोबाइल भिडियो बनाइ फेसबुक पेजमा पोष्ट गरेपछि प्रतिस्पर्धामा सहभागी हुन पाइने छ ।
जन्मदिन परम्परामा अन्य संस्कृतिको प्रभाव हटाउन आफ्नै भाषा र भावमा नेवार परम्परा नै नेवार समुदायको प्राथमिकतामा परोस भन्ने चाहनाले मंगलधूनमा लेखिएको उक्त गीत संगीतकार जुगल डगोलको संगीत संयोजनमा तीन महिना अघि सार्वजनिक गरिएको थियो ।
यही गीत बजाएर सगुन दिने, जन्मदिन परेका ब्यक्तिको फोटोमा उक्त गीत समावेश गरी भिडियो समर्पण गर्ने उक्त गीत गाएर शुभकामना दिने गतिविधि बढेको कारण पनि अझ बढीले सुनोस् र गाओस् भनेर कभर प्रतियोगिता गर्न अग्रसर भएको गायक तथा रचनाकार सुरजवीर बज्राचार्यले जानकारी दिए ।
यसले नेपालभाषा सांगीतिक क्षेत्रमा नयाँ गायकको आगमन पनि सहज हुने उनको भनाई छ ।
जन्मदिनको शुभकामना ब्यक्त गर्न बनेका कम गीतहरुमध्ये उत्कृष्ट रहेको कारण पनि यो गीत अझ धेरैले सुनोस्, शुभकामना दिने माध्यम बनोस् र गाओस् भन्ने उद्देश्यले प्रतिस्पर्धा आयोजन गरेको पेजथ्री पाक्षिकका दर्शनवीर शाक्यले बताए ।
प्रतिस्पर्धामा प्रथम हुनेलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोले सुरजवीर बज्राचार्यको शब्द र जुगल डंगोलको संगीतमा एउटा गीत रेकर्ड गरिदिनेछ भने गोल्मा कम्पनी प्रा.लि.ले हालै बजारमा आएको चेज लिड टेलिभिजन (२४”) प्रदान गर्नेछ ।
निर्णायकको निर्णयले एक भन्दा बढी प्रतिभाशाली गायकहरु रहेको औल्याए एउटा कलेक्सन एल्बम नै बनाउने पनि आर्टोम्यूजले बताएको छ ।
सबैभन्दा बढी हेरिएको भिडियोलाई पब्लिक च्वइगु अवार्ड प्रदान सोच रहेको पनि आयोजकले जनाएको छ ।
नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’ गायक तथा रचनाकार बज्राचार्यले आफ्नी श्रीमती रमा बज्राचार्यको जन्मदिनको अवसरमा सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्