
काठमाडौं, पुस ५ । सरकारले कर्मचारी समायोजन अध्यादेशविरुद्धको कर्मचारीको आन्दोलनको औचित्य नरहेको बताएको छ ।
बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शंका र अनुमानको भरमा जाडो महिनामा आन्दोलन तताउनुको अर्थ नभएको बताए ।
मन्त्री र स्वकीयसचिवहरुले दोहोरो सुविधा लिएको पाइए छलफल गर्ने भन्दै उनले राज्यले दिएको सुविधालाई भ्रष्टाचार भन्न नमिल्ने तर्क गरे ।
मेलम्चीको ठेकेदारले काम छाडेको प्रसंगमा सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले मेलम्चीको काम समयमै पूरा हुने दाबी पनि गरे ।
राष्ट्रपतिका लागि हेलिकोप्टर किन्न लागेको भन्ने समाचारलाई झुटो भन्दै उनले ग्रामीण भेगका सुत्केरीहरुको उद्धार, विशिष्ट व्यक्तिहरुको सुरक्षा र विकास निर्माणलगायतमा प्रयोग गर्नका लागि हेलिकोप्टर किन्न लागेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्