प्रजिअ र स्थानीय विकास अधिकारीकै मिलेमतोमा नदीजन्य पदार्थ तस्करी ! • Image Khabar Image Khabar


प्रजिअ र स्थानीय विकास अधिकारीकै मिलेमतोमा नदीजन्य पदार्थ तस्करी !


Imagekhabar
२ पुष २०७४, आईतवार १४:५७

प्रजिअ र स्थानीय विकास अधिकारीकै मिलेमतोमा नदीजन्य पदार्थ तस्करी !

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र स्थानीय विकास अधिकारी तुुलसीबहादुर श्रेष्ठकै मिलेमतोमा उत्खनन थालिएको स्थानीयको आरोप छ ।

राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा पर्ने उक्त खोलामा इटहरीको पाथीभरा कन्स्ट्रक्सनका ठेकेदारसँग दुबै जनाले मिलेमतो गरी अनधिकृत रुपमा ठेक्का लगाएर नदीजन्य पदार्थको तस्करी गरेको आरोप स्थानीयले लगाएका छन् ।

प्रजिअ र स्थानीय विकास अधिकारीकै मिलेमतोमा नदीजन्य पदार्थ तस्करी !

सरकारले मानव बस्ती, पुल, मोटरबाटो, वन क्षेत्र र सार्वजनिक स्थलको ५ सय मिटर वरपर खोलानालामा ठेक्का लगाउन नपाउने गरी प्रतिबन्ध लगाएको छ । खोलानाला संरक्षण समितिका संयोजक पमुख जिल्ला अधिकारी रहने भए पनि पाथीभरा सप्लायर्सलाई ठेक्का दिइएको स्थानीयले बताएका हुन् ।

धरान–१५ का वडाअध्यक्ष नरेशकुमार इवारमले राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा गैर कानुनी ठेक्का लगाउने अधिकारीलाई कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्