१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


११० औं भुटान राष्ट्रिय दिवसमा शरणार्थीले सम्झिए आफ्नो देश


0
Shares

बेलडाँगी क्याम्प व्यवस्थापन समितिको आयोजनामा शिविर परिसरमा ११०औं भुटान राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

दिवसका अवसर पारेर कराँते एशोसिएशन भुटानले कराँतेका पाँचजना प्रशिक्षकलाई सम्मानसमेत गरेको थियो । यसरी सम्मानित हुने प्रशिक्षकमा योगेश चाम्लिङ, मदन उप्रेती, डम्बर सुनुवार, विष्णु नेम्वाङ र रेशा लिम्बू रहेका छन् ।

यसैगरी, सो अवसरमा विभिन्न समयमा आयोजना गरिएका अन्तर्राष्ट्रिय कराँते खेलमा स्वर्णपदक विजेता १०, रजत पदक विजेता ६ र काश्य पदक विजेता चारसमेत २३ जना खेलाडीलाई सम्मान गरिएको थियो ।

शिविर सुपरीवक्षेक सुरेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दमक–३ का वडाध्यक्ष नवीन बराल, शिविरका पूर्वसचिव युवराज राई, राजमान गुरुङ, चिरञ्जीवी राई, सामुदायिक सन्जालका अध्यक्ष नैनसिंह भण्डारी, पथरी शनिश्चरेका शिविर सचिव चम्पासिंह राई, बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीलगायतले भुटानी राष्ट्रिय दिवसको महत्वका बारेमा बोलेका थिए ।

कार्यक्रममा खेलाडीले पेटमा मोटरसाइकल कुदाउने, किकले घैला फुटाउने, गीत, नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

यसैबीच, यता भुटान राष्ट्रिय मेलमिलाप समिति तथा भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिले तत्काल बाँकी रहेका इच्छुक भुटानीलाई आफ्नो देश फर्काउन कार्यक्रमस्थलमा ब्यानर राखेर माग राखेका थिए । रासस