Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पर्वतको एउटै गाउँमा तीन करोड रुपैयाँको सुन्तला उत्पादन


0
Shares

किसानले सुन्तला बगैंचा विस्तार गरेसँगै उत्पादन वृद्धि भएको हो । यो गाउँमा गतवर्ष दुई करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो ।

यहाँका २ सय ६१ घरधुरी मध्ये २ सयभन्दा बढीले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् ।

परम्परागत अन्नवाली लगाउन छाडेर सुन्तला खेती गर्न थालेपछि यहाँका किसानको प्रमुख आयस्रोत नै सुन्तला भएको छ ।

यहाँका अधिकांश किसानले सुन्तलाको आम्दानीबाट बेनी, बाग्लुङ, कुस्मा, पोखरा, चितवन, काठमाडौंलगायतका शहरमा घरजग्गा खरिद गरेका छन् ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सहकारी समेत स्थापना गरिएको छ । गाउँभरिका सुन्तलाको बिक्री सहकारी मार्फत नै गर्ने गरिएको छ ।

२०६९ सालमा स्थापना भएको सहकारीले यहाँ उत्पादित सुन्तला राजधानी काठमाडौंदेखि चितवन, पोखरासम्मका बजार पुर्‍याउने गरेको छ ।