२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


छाउपडी गोठ भत्काईए, जिल्लालाई छाउपडी मुक्त बनाउन अभियान सुरु


0
Shares

छाउपडी गोठ भत्काउने कार्य कञ्चनपुरको वेदकोट नगरपालिकावाट वडा कार्यालयको समन्वयमा र द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र महेन्द्रनगरले सुरु गरेको हो ।

सुदुरपश्चिमका केही जिल्लामा २१औं शताब्दीमा समेत कुरीति यथावत रहेको तथा यसलाई कानुनले समेत अवैध ठहर गरिसकेकाले छाउपडी गोठ भत्काउन सुरु गरिएको द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र महेन्द्रनगरकी अध्यक्ष सिता बोहराले बताइन् ।

अहिले कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर १ र २ का गरी ४४ छाउपडी गोठ भत्काईएका छन् ।

गोठ भत्काउने क्रममा केही स्थानीय महिलाहरुले विरोध समेत गरेका थिए । महिनावारी भएका बेला घरभित्र बसे देवता रिसाउने र घर परिवारमा अनिष्ट हुने रुढीवादी जनविश्वासका कारण आफुहरु छाउपडी गोठमा बस्नुपर्ने बेदकोट नगरपालिकाका केही स्थानीय महिलाको भनाइ छ ।

छाउपडि गोठ भत्काउन सुरु गरएिको बेदकोट नगरपालिकाको २ नम्बर वडालाई सोमवार औपचारिक कार्यक्रम गरी छाउपडी गोठमुक्त गाउँ घोषणा गरिदैं छ ।

आगामी दिनमा अन्य नगरपालिका र गाउँपालिकामा रहेका छाउपडी गोठ समेत भत्काउने र जिल्लालाई नै छाउपडी गोठमुक्त घोषणा गरिने द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र महेन्द्रनगरले जनाएको छ ।