
विराटनगर–४ स्थित केशलिया खोला नजिक निर्माणाधीन अवस्थामा म्याजिक चप्पल उद्योगको पर्खाल आइतबार अपराह्न ४ बजे भत्किएपछि सुनसरीको दुहवी–१३ बस्ने ४५ वर्षीया कलादेवी चौधरीको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
सोही घटनामा विराटनगर–४ बस्ने ५० वर्षीय रतन माझी, दुहबी नगरपालिका– ११ बस्ने २५ वर्षीय रमेश मण्डल र ३५ वर्षीय वीरनारायण चौधरी घाइते भएका हुन् । उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्