Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


उखु किसानको अनुदान रकम उपलब्ध गराउन पहल सुरु


0
Shares

सर्लाही । सर्लाहीमा उखु किसानलाई दिने भनिएको अनुदान रकम उपलब्ध गराउन पहल शुरु भएको छ ।

चिनी उद्योगहरुले गत सिजन बिक्री गरेको उखुको परिमाण उपलब्ध नगराइदिँदा प्रति क्वीन्टल ६४ रुपैयाँ २८ पैंसा बराबरको झण्डै २६ करोड रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा दशैं अघि आएर रोकिएको हो ।

उक्त रकम उपलब्ध गराउने विषयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिको बैठकले किसानको विवरण उपलब्ध गराउन चिनी उद्योगलाई ताकेता गर्ने र त्यसमा स्थानीय तहहरुलाई समन्वय गरिदिन आग्रह गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए ।

तर चिनी उद्योगीबाट किसानले बेचेको उखु विवरण चिनी उद्योगबाट उपलब्ध भएको छैन ।

किसानहरुले भने अनुदान लिन लालपुर्जाको प्रतिलिपी,जग्गा भाडामा लिए/दिएको विवरण जस्ता कागजात जुटाउनुपर्ने झन्झट दिएको गुनासो गरेका छन् ।

Skip This