२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


शोकसभामा भाडदौड मच्चिँदा १० जनाको मृत्यु, ५० घाइते


0
Shares

बंगलादेशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ सहरमा सोमबार भएको भागदौडको घटनामा अन्य ५० जना घाइते भएका छन् ।

चिट्टागोङ महानगर प्रहरीका प्रमुख इक्वाल बाहारले घटनामा परी १० जनाको मृत्यु भएको पुष्टि गरे । घाइतेमध्ये १० जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए ।

चिट्टागोङमा रहेको रिमा कम्युनिटी सेन्टरमा शोकका लागि भेला भएकाहरूबीच भागदौड भएको हो । सो ठाँउमा विषेश गरेर गैरमुस्लीम मानिसहरुका लागि खानाको समेत व्यवस्था गरिएको थियो ।

मृत्यु भएका मध्ये अधिकांशको भीडमा अक्सिजनको कमी भै श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ ।

प्रधानमन्त्री सेख हसिनाको सत्तारुढ दल बंगलादेश अवामी लिग पार्टीका नेता एविएम मोहिउद्धिन चौधरीको निधनमा उनीहरू शोक व्यक्त गर्न भेला भएका थिए ।

चिट्टागोङका मेयरसमेत भइसकेका चौधरीको यही डिसेम्बर १५ तारिखका दिन निधन भएको हो । उनी झन्डै पाँच दशकदेखि राजनीतिम सक्रिय थिए । (रासस/सिन्ह्वा)