Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


अमेरिका र इरानबीचकाे पहिलो चरणको वार्ता सम्पन्न

एकातिर युद्धविरामको प्रयास, अर्कोतिर आक्रमणको चेतावनी र हर्मुज जलमार्ग बन्द गर्ने घोषणा

13
Shares

एजेन्सी । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता भएपछि स्विट्जरल्याण्डको लुसर्नमा पहिलो चरणको प्रत्यक्ष वार्ता भएको छ ।

वार्ताकै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान समर्थित लेबनानी समूह हिजबुल्लाहलाई नियन्त्रण नगरे इरानमाथि कडा आक्रमण गर्ने धम्की दिनुभएको हाे । जवाफमा इरानी मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले इरानी सेना जुनसुकै टकरावका लागि तयार रहेको बताउनुभएको छ । इरान र अमेरिकाबिच गत हप्ता भएको सम्झौतामा ६० दिनभित्र अन्तिम सहमति गर्ने र हर्मुज जलडमरू पुनः खुला गर्ने उल्लेख गरिएकाे छ ।

तर दुवै देशबीच तनाव अझै कम हुन सकेको छैन । यहि समयमा दक्षिणी लेबनानमा हिजबुल्लाह र इजरायली सेनाबीच भिडन्त र हवाई आक्रमण झनै बढ्दा अमेरिकाले पुनः नयाँ युद्धविरामको घोषणा गर्नुपरेको थियो । तनावकैबीच इरानले हर्मुज जलडमरू फेरी बन्द गरेको घोषणा गरे पनि जहाजहरूको आवतजावत भने जारी रहेको देखिएको छ ।

आइतबार युद्ध केही मत्थर भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षाका लागि इजरायली सेना लेबनानमै रहने अडान लिएपछि हिजबुल्लाह प्रमुख नइम कासिमले इजरायली उपस्थितिलाई अस्वीकार गर्दै प्रतिरोध जारी राख्ने चेतावनी दिनुभयाे ।