
सप्तरी । भूमीसुधार तथा मालपोत कार्यालय सप्तरीले तामेली भवनको समुचित व्यवस्थापन गर्न नसक्दा जिल्लाभरिका जग्गाको श्रेस्ता नष्ट हुन थालेको छ ।
पाँच वर्षअघि नै ४६ लाखको लागतमा निर्माण गरिएको तामेली भवन हस्तान्तरण नहुँदै टुटफुट भएकाले २००४ सालदेखिकै जग्गाको रेकर्ड नष्ट हुन थालेको हो ।
२०७२ भदौ १९ गते निर्माण कार्य सकेर हस्तान्तरण गरिसक्नुपर्नेमा भवनलाई अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहिन भएकोले भवनमा प्रयोग गरिएको जस्ता तथा प्लाई समेत ठाउँठाउँमा उप्केको छ ।
जिल्ला अदालत परिसरमा रहेको पुरानो तामेली फाँट खाली गराएपछि हाल सवै श्रेस्ता कर्मचारी मिलन केन्द्रमा सारिएको छ ।
तर, मिलन केन्द्रको पनि असुरक्षित भवन रहेकाले श्रेस्ता अलपत्र हुन पुगेको कर्मचारी नै स्वीकार गर्छन् ।
काजगपत्र अलपत्र हुँदा हप्तासम्म कार्यालय धाउँदा समेत जग्गाको रेकर्ड फेला नपर्दा सेवाग्राहीलाई सास्ती भएको छ ।
समग्र जिल्लाको जग्गा–जमिनको श्रेस्ता नै नष्ट हुने अवस्था आएपनि कार्यालयले तामेली भवन व्यवस्थित गर्न ध्यान नगएको सेवाग्राहीको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्