२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दुधौलीमा बसाइँ सरेर आउने बढे


0
Shares

दुधौली नगरपालिकामा पूर्वी महाभारतका विभिन्न ग्रामीण बस्तीबाट बसाइँसराइ गरेर आउनेको चाप बढेको हो ।

बस्ती विस्तार भएसँगै नगर क्षेत्रमा पूर्वाधार निर्माणले पनि गति लिएको छ । ग्रामीण बस्तीको तुलनामा दुधौली नगरपालिकामा यातायात, सन्चार, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको सुविधा भएकाले मानिसहरु बसाइँसराइ गरेर आउने गरेका हुन् ।

दुधौली नगरपालिकाका खेतीयोग्य जमिनसमेत घडेरीकारुपमा परिणत भएका छन् ।

दुधौली बजार, सालघारी, खोरभन्ज्याङ, पटियानी, मंगलपुर, खिरीयानी र रजवासलगायतका क्षेत्रमा तीव्ररुपमा बस्ती विकास भएपछि तिनीहरुलाई व्यवस्थित बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।