
जनकपुर । शीतलहर र चिसो हावाका कारण धनुषाको जनजीवन प्रभावित बनेको छ ।
चिसोका कारण जाडो बढेसंगै सदरमुकाम जनकपुरधाममा सर्वसाधारणको चहलपहलमा कमी आएको छ ।
जाडोले विद्यार्थी, बृद्धबृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्याएको छ । सर्वसाधारणकोे दैनिकी प्रभावित बनेको छ ।
सर्वसाधारणले चिसो छल्न ठाउँठाउँमा आगो तापेर दिन बिताइरहेका छन् ।
बाक्लो हुस्सुले राजमार्गलगायत सडकमा नजिक देख्न पनि कठीन हुँदा सवारी संचालनमै गाह्रो भएको छ ।
शीतलहर र बाक्लो हुस्सुकै कारण सवारी दुर्घटना बढ्न थालेको छ । चिसोका कारण जनकपुर अञ्चल अस्पतालमा बिरामीको चाप बढेको छ ।
यता, हिमाली जिल्ला मनाङमा अत्याधिक चिसोको कारण विद्यालयहरु बन्द भएका छन् । छिटो छिटो बार्षिक परिक्षा सकाएर विद्यालय बन्द गरिएका हुन् ।
माथिल्लो मनाङमा पर्ने मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमिको नार र फूका विद्यालयहरु बन्द गरिएका हुन् ।
यस्तै तल्लो मनाङको नासों र चामे गाउँपालिका विद्यालयहरु पनि बन्द भएका छन् ।
चिसो बढेकाले शिक्षकहरु विद्यालय बन्द गरेर घर हिँडेका छन् भने विद्यार्थीहरु अभिभावकसँगै बेंसी झरेका छन् ।
प्रतिक्रिया दिनुहोस्