
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुन तोलामा ३ सयले उकालो लागेर ५४ हजार ६ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन तोलाको ५४ हजार ३ सयमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने स्थिर रहेर ७ सय २० मै कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रति औंस १२ सय ६६ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्