८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


उदयपुरमा नमूना बन्यो महिलाहरुले संचालन गरेको सहकारी संस्था


0
Shares

केदार कटुवाल/ईमेज:

उदयपुर । ‘थोपा–थोपा मिलेर समुन्द्र’ बन्ने युक्तिलाई चरितार्थ गर्दै यहाँको एक महिला बहुउदेश्यीय सहकारी संस्थाले थुप्रै समुदायमा कल्याणकारी कार्यक्रम संचालन गरेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ मा रहेको लालीगुराँस महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बसाहाले ११ जना महिलाबाट १५ बर्ष अगाडि १० रुपैंयाँ बचत संकलनबाट सुरु गरेको समूहबाट सहकारीमा रुपान्तरित महिला सहकारी आज १ हजार सेयरधनी १५ सय महिला बचतकर्ता भएका छन ।

टोल टोलमा महिला बचतकर्ता बनाएर बचत संकलन गर्ने शेयर धनीलाई गारो अप्ठ्यारो दुर्घटना, सुत्केरी, दिर्घरोग तथा छोरीलाई प्राबिधिक र उच्च शिक्षा अध्ययनमा अनुदान, आर्थिक सहयोग र न्यून अंक ब्याज दरमा ऋण लगानी गरेको छ ।

सहकारी क्षेत्र भित्र बिबिध भूू–बनोटको अध्ययन गरी नगदे, अन्नबाली तथा तरकारी खेतीमा अर्गानिक मलको प्रचार प्रसार प्रयोगमा सहुलियत तथा अनुदानको ब्यबस्था गरेको सहकारीका अध्यक्ष जमुना राईले बताइन् ।

महिला स्वास्थलाई ध्यान दिएर बार्षिक रुपमा स्वास्थ शिबिर, बिपत् ब्यबस्थापनमा रेडक्रससंगको सहकार्य गर्दै आएको र एम्बुलेन्स खरिदमा रकम जम्मा गरिसकेको सचिब सम्झना राईले बताइन् ।

आफ्नै भवनमा रेमिटान्स लगायत विभिन्न कार्यक्रम संचालन गर्दै आएको सहकारीको १५ औं साधारण सभामा नगर प्रमुख खगेन्द्र राई , ईमेजकर्मी केदार कटवाल र मिस प्रदेस नंं १ रमिला बस्नेतलाई सम्मान गरेको छ ।

आँट, जागर र ईच्छाशक्ती भए थुप्रै हितकारी कार्यक्रम गर्न सकिने गतिलो उदाहरण बनेको छ उक्त महिला सहकारी संस्था ।