Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेपालसंग आर्थिक सम्वन्ध विस्तारमा श्रीलङ्का सकारात्मक


0
Shares

राजधानीमा श्रलङ्काको ६० औं वार्षिकोत्सवमा श्रीलङ्काली दुतावास र वौद्ध विहार संघले गरेको कार्यक्रममा नेपालसंग आर्थिक सम्बन्ध विस्तार गर्न तयार रहेको श्रीलङ्काका राजदुत डब्लु.एस.परेराले बताएका हुन् ।

नेपालसंग होटल, पर्यटन र सेवा क्षेत्रसंग जोडिएर आर्थिक सम्बन्ध विस्तारका लागि तयार रहेको राजदुत परेराको भनाई छ ।

सन् १९९९ मा हस्ताक्षर गरिएको सांस्कतिक सम्बन्धको निरन्तरताको पनि उनको अपेक्षा छ । पब्लिक प्राइभेट पार्टनरसीपमा काम गर्दा दुबै राष्ट्रलाई फाइदा हुने राजदुत परेराले बताए ।

बैशाख १२ गतेको भूकम्पमा श्रीलङ्काले गरेको सहयोगले दुई राष्ट्रको सम्बन्धमा नयाँ आयाम थपेको ललितपुरका मेयर चिरी बाबु महर्जनले बताए ।

बुङ्गमतिको मन्दिर पुर्ननिर्माणका लागि श्रीलङ्काले प्रदान गरेको आर्थिक सहयोगले नेपाल र श्रीलङकाको सम्वन्ध प्रगाढ बनाएको एवं अझै सहयोगको अपेक्षा रहेको मेयर महर्जनको भनाई छ ।