७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024


माइक्रोबसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते


0
Shares

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार बा२ख १३२३ नम्बरको माइक्रोबसले पैदलयात्रीलाई ठक्कर दिएको हो । घाइतेलाई उपचारका लागि तत्काल सिभिल अस्पताल लगिएकोमा सो अस्पतालबाट ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइते पैदलयात्रीको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

योसँगै विगत २४ घण्टामा उपत्यकामा २३ सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । ती दुर्घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।

मंगलबार राजधानीका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गर्ने एक हजार पाँचसय ८४ सवारी चालक कारवाहीमा परेका छन् ।